एमालेलाई गृह दिने सहमति भएको छैन: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० माघ २९ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, २९ माघ– नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले एमालेलाई गृहमन्त्री दिने सहमति नभएको दाबी गरेका छन् ।

sushilबुधबारको संविधानसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले हुँदै नभएको सहमतिमा बखेडा नझिक्ने आग्रह गरे ।

यद्यपि एमाले नेतृत्वसँग छलफल गरी छिट्टै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरे ।
यस्तै बिना विभागीयमन्त्री रामशरण महतले गृहमन्त्री काँग्रेसले नै राख्ने बताए । ‘गृहमन्त्रीमा हाम्रो दाबी छ’, काँग्रेस वार्ता टोली सदस्यसमेत रहेका महतले भने, ‘गृह एमालेलाई दिने सहमति भएको छैन ।’
एमालेले प्रधानमन्त्री निर्वाचनअघि भएको सहमतिबाट पछि हटेको बताएको छ । काँग्रेसले भने त्यस्तो सहमति नभएको दाबी गर्दै आएको छ ।

काँग्रेस सहमतिबाट पछि हटेको भन्दै सरकारमा नजाने निर्णय गरेको एमालेले मंगलबार प्रधानमन्त्रीको सपथग्रहण समारोहसमेत बहिस्कार गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us