फर्निचर उद्योगमा आगलागी

काठमाण्डु टुडे २०७० माघ २५ गते ५:२४ मा प्रकाशित

म्याग्दी, २५ माघ – म्याग्दी सदरमुकाम बेनीबजारको बैंक रोडमा रहेको गणेश फर्निचर उद्योगमा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परी एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगोले पोलेर लेखनाथ नगरपालिका घर भई हाल फर्निचरमा काम गर्दै आएका ३३ वर्षीय विक्रम नेपाली घाइते भएका हुन् । घाइते नेपालीको स्थानीय क्लिनिकमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिहान ३:४५ बजे विद्युत सर्ट भएर आगालागी हुँदा काठ र फर्निचरसँगै रहेको महारानी आइसक्रिम उद्योगका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीले बिहान सवा चार बजे आगो नियन्त्रणमा लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us