हात्तीपाइले रोगको औषधी खुवाइँदै

काठमाण्डु टुडे २०७० माघ २५ गते ३:०८ मा प्रकाशित

Hattipaileकाठमाण्डु, २५ माघ – शनिबार देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाईंदैछ । पहिलो चरणअन्तर्गत ३१ जिल्लामा माघ २५ देखि २७ र दोस्रो चरण फागुन १० देखि १२ गतेसम्म नौ जिल्लामा औषधी खुवाउन लागिएको हो ।

तथ्यांकअनुसार नेपालका ६५ जिल्ला हात्तीपाइले रोगको जोखिममा छ, भने करिब दुई लाख ५० हजार व्यक्ति यो रोगवाट प्रभावित छन् ।

दुई वर्ष नपुगेका बालबच्चा, गर्भवती तथा हप्तादिनको सुत्केरी, सिकिस्त बिरामीबाहेक सबैले हात्तीपाइलेको औषधि सेवन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

कुनै व्यक्तिको शरीरमा हात्तीपाइलेको जीवाणु रहेको अवस्थामा औषधी सेवन गर्दा सामान्य असरहरु देखापर्ने र केही छिनमा हराएर जाने चिकित्सकहरु बताउँछन् । हात्तीपाइले रोग लाग्न नदिन स्वस्थ व्यक्तिलाई डिइसी र अल्बेन्डाजोल नामक औषधी खुवाइँदै आएको छ ।

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगबाट मानिसको शरीरमा हाइड्रोसिल, यौनाङ्ग सुन्निने, खुट्टा फुल्ने, हिँड्डुल गर्न नसक्नेजस्ता समस्या उत्पन्न हुने हुँदा गम्भीर खालका अपाङ्गगताका कारण जीवन अशक्त बन्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us