२७ गते प्रधानमन्त्रीको चुनाव

काठमाण्डु टुडे २०७० माघ २१ गते ९:०३ मा प्रकाशित

New Banesworeकाठमाण्डु, २१ माघ – व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिले आउँदो २७ गते प्रधानमन्त्रीको निर्वाचन गर्न सिफरिस गरेको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारका लागि चुनाव गर्न सभामुखलाई सुझाव दिएको संसद सचिवालयका प्रवक्त मुकुन्द शर्माले काठमाण्डु टुडेलाई जानकारी दिए ।

राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको १९ गतेसम्मको समय सीमा सकिएपछि बहुमतीय सरकार गठनका लागि आव्हान भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us