कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ २२ गते ७:४७ मा प्रकाशित

सर्लाही, २२ जेठ– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११ मा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रदेश३–०३–०१ख००७० नम्बरको कन्टेनरले प्रदेश ३–०२–०१४प९८७७ नम्बरको मोटरसाइकललाई बागमती पुलमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही टोलका २१ वर्षीय गोपाल योञ्जनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा गएराति ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
यसैबीच कन्टेनर चालक मकवानपुरको भिमफेदी गाउँपालिका–५ का ३८ वर्षीय ओमबहादुर लामालाई प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us