एमालेले सभासदलाई तालिम दिने

काठमाण्डु टुडे २०७० माघ १९ गते १:०५ मा प्रकाशित

काठमाण्डु, १९ माघ– नेकपा एमालेले आज आफ्ना सभासदलाई प्रक्षिक्षण दिने भएको छ ।
uml officeएमालेले संविधानसभा र व्यवस्थापिका संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे नयाँ सभासदलाई प्रशिक्षण दिन लागेको हो ।

व्यवस्थापिका संसद् बैठकपछि सभासद प्रशिक्षण कार्यक्रम राखिएको नेता रवीन्द्र अधिकारीले काठमाण्डु टुडेलाई जानकारी दिए । संविधानसभाको दोश्रो ठूलो दल एमालेका संसदमा १ सय ७० जना सभासद छन् ।

प्रत्यक्षमा बाहेक समानुपातिकतर्फबाट सभासद भएका सबै नयाँ छन् । एमाले संसदीय दलको नेता चयनका लागि मंगलबार मतदान हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us