सिरियन शान्ति वार्ता निष्कर्षविहीन

काठमाण्डु टुडे २०७० माघ १८ गते ४:३९ मा प्रकाशित

काठमाण्डु, १८ माघ – अन्तराष्ट्रिय समुदायको विशेष पहलमा भएको सिरिया वार्ता उपलब्धिविहीन बनेको छ ।

सिरियाका लागि संयुक्त राष्ट्र संघका प्रतिनिधि लख्दर ब्राहिमीको मध्यस्तामा भएको वार्ता ठोस निष्कर्षविना नै टुंगिएका हो । करिव एकसाता चलेको वार्तामा पनि दुबै पक्ष एकअर्का विरुद्ध आरोप–प्रत्यारोपमा नै व्यस्त रहे ।

विपक्षीले हिंसा रोक्न सरकारले नै नचाहेको आरोप लगाएको छ भने, सरकारी पक्षले विपक्षीहरुको भूमिका अपरिपक्व रहेको टिप्पणी गरेको छ ।

यद्यपी ब्राहिमीले भने आगामी फेब्रुअरी १० का लागि तोकिएको वार्ता पछि सहमति बन्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति बसार अल असारको विरोधमा तीन वर्षदेखि जारी हिंसामा एक लाख बढी मानसिको मृत्यु भइसकेको छ । अन्य लाखौं विस्थापित बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us