अन्तराष्ट्रिय चलचित्र महोत्सव काठमाण्डुमा

काठमाण्डु टुडे २०७० माघ १३ गते ३:३२ मा प्रकाशित

काठमाण्डु, १३ माघ–अन्तराष्ट्रिय चलचित्र महोत्सव सोमबारदेखि काठमाण्डुमा शुरु हुदै छ । नेपाल फिल्म सोसाइटीले आयोजना गरेको महोत्सव काठमाण्डको कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रमा हुने छ । पाँचदिने महोत्सवमा नेपाल, भारत, दक्षिण कोरिया, स्पेन, इजरायल, फ्रान्स, नर्वे, दक्षिण अफ्रीका र रुसका १० चलचित्र प्रदर्शन हुने छ ।

सोमबार पहिलो दिन नेपाली चलचित्र ‘झोला’ प्रदर्शन हुने आयोजकले जनाएको छ ।

नेपाललाई अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना स्थलको रुपमा विकास गर्न र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन कार्यक्रम गरिएको आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us