हामी नयाँ महाभारत रच्नेछौं : कमल थापा

काठमाण्डु टुडे २०७० माघ १२ गते १०:३२ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु, १२ माघ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु नयाँ महाभारतको रचना गर्न लागेको बताएका छन् ।

व्यवस्थापिका संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल महाभारतको पाण्डवको हैसियतमा उभिएको भन्दै आधुनिक महाभारत रचना गर्ने बताए ।

‘पहिलो महाभारतके कारण भयो, त्यो त सबैलाई थाहै छ,’ थापाले भने, ‘हामी अहिले त्यै हैसियतमा उभिएका छौं र आधुनिक महाभारत रचना गर्नेछौं ।’

‘पाण्डवहरुले सात गाउँ माग्दा त्यो नदिएपछि महाभारत भएको थियो,’ निकै आक्रामक शैलीमा देखिएका थापाले चेतावनी युक्त स्वरमा भने, ‘यदि त्यस्तै हर्कत अहिले पनि भयो भने परिणाम स्वरुप हामी नयाँ महाभारत जन्माउन बाध्य हुनेछौैं ।’

थापाले यो संविधानसभा पुरानो संविधानसभाको भाग दुई नभएको भन्दै जबरजस्ती रुपमा पुराना एजेण्डा लाद्न खोजे त्यो सैह्य नहुने चेतावनी दिए ।

उनले अहिलेको संविधानसभामा ८५ प्रतिशत भन्दा बढि नयाँ सभासचद चयन भएको भन्दै पुरानो संविधानसभाको बोझ बोकाउन नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us