काँग्रेस संसदीय दलमा कोइराला

काठमाण्डु टुडे २०७० माघ १२ गते ७:२१ मा प्रकाशित

sushilकाठमाण्डु, १२ माघ– नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति सुशील कोइराला विजयी भएका छन् ।
। दल नेताका लागि भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै कोइराला निर्वाचित भएका हुन् । १ सय ९४ मत खसेकामा कोइरालाका पक्षमा १ सय ५ मत खसेको थियो ।

अर्का प्रत्याशी वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मत पाए । उपसभापति रामचन्द्र पौडेलको समेत समर्थन पाएका कारण कोइरालाको पल्लाभारी भएको हो ।

आफैं संसदीय दलको नेतृत्व गर्न तम्सिएका पौडेललाई कोइरालाले कार्यवाहक सभापति दिने आश्वासन दिएर आफूतिर तानेका हुन् । १२ सभासद भए पनि पौडेल निर्णायक थिए ।

संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै कोइरालाले लोकतन्त्रमा जितहार सामान्य भएको प्रतितिक्रिया दिए । उनले आफू सबैलाई मिलाएर अघि बढ्न बताए । ‘लोकतन्त्रमा जितहार भनेको सामान्य कुरा हो’, कोइरालाले भने, ‘सबैलाई मिलाएर अघि बढ्छु ।’

अन्तिम समयसम्म सर्वसम्मतिबाट दल नेता चयन गर्ने प्रयास विफल भएपछि निर्वाचन भएको हो । काँग्रेस विधानले संसदीय दलको नेता स्वत: प्रधानमन्त्री हुने व्यवस्था गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us