शान्ति प्रक्रिया अझै अधुरो : रेग्मी

काठमाण्डु टुडे २०७० माघ १२ गते ६:५० मा प्रकाशित

khilrajकाठमाण्डु, १२ माघ– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले शान्ति प्रक्रिया अझै सम्पन्न नभएको बताएका छन् । प्राविधिक रुपमा शान्तिप्रक्रिया टुंगोमा पुगिएको देखिए पनि वास्तविक रुपमा अझै अधुरो रहेको उनको भनाइ छ ।

पूर्व सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी श्रीमती नुडुपको एघारौं स्मृति दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित श्रद्धान्जली सभामा रेग्मीले संविधान निर्माण भएपछि मात्रै शान्ति प्रक्रिया वास्तविक रुपमा पूरा हुने बताए ।

कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानले स्मृति सभा आयोजना गरेको थियो । कार्यक्रममा कृष्णमोहन–नुडुप शान्ति पुरस्कार पनि वितरण गरिएको छ । चेलिबेटी बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी संस्थापक चरिमाया तामाङ र माओवादी युद्धकालमा मारिएका गोरखाका शिक्षक मुक्तिनाथ अधिकारीकी श्रीमती इन्दिरालाई सो पुरस्कार प्रदान गरिएको हो ।

२०५९ साल माघ १२ गते सशस्त्र प्रहरीको संस्थापक महानिरीक्षक श्रेष्ठ, उनकी पत्नी नुडुप र उनीहरुको अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यप्रसाद रेग्मीको तत्कालीन विद्रोही माओवादी कार्यकर्ताहरुले गोली हानी हत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us