गाडि दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १२ गते २:३० मा प्रकाशित

काठमाण्डु, १२ माघ–धनुषा, कपिलबस्तु र चितवनमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा बा ५ च ६२ २२ नम्बरको टाटा सुमो अनियन्त्रित भई गएराति पानीको नहरमा खस्दा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा पुष्कलपुर १ का २६ बर्षीय दिनेश कुमार मिजार रहेका छन् ।

टाटा सुमो नहरमा डुबेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट गएको प्रहरी टोलीले उद्धमर गर्ने क्रममा चालक मिजारको मृत्यु भइसकेको थियो ।

यसैगरी कपिलवस्तुको लोहलौरामा लु २ त ६४०३ नम्बरको ट्याक्टर पल्टदा स्थानीय चालक ३२ बर्षीय विजय चौधरीको घटनास्थलमै मृत्यु भएको छ । गएराती सवा १० बजे चिनी मिलमा उखु अनलोड गरि चन्द्रौटाबाट बहादुरगन्ज तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रीत भई सडक किनारमा पल्टिएको थियो ।

यस्तै चितवनको माडीमा गएराति ना १ च ९१५१ नम्बरको जिपले विपरित दिशातर्फ आउदै गरेको ग ६ प ८१२९ मोसाईकललाई अयोध्यापुरी ५ मा ठक्कर दिदा मोटरसाईकलमा सवार बघौडा ८ का १९ बर्षीय रोशन गहतराजको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईकल चालक भरतपुर नगरपालीका ५ का ३५ वर्षीय गंगाधर आचार्य घाईते भएका छन् । उनको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने जिप र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us