प्रचण्ड पुत्र प्रकाशले हेडक्वाटर छाड्ने

काठमाण्डु टुडे २०७० माघ ११ गते १४:४८ मा प्रकाशित

Prakash Dahalकाठमाण्डु, ११ माघ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशले आफूले पार्टी हेडक्वाटरसँगै बसेर कुनै सुख सुविधा नभोगेको भन्दै अब हेडक्वाटरसँग नबस्ने घोषणा गरेका छन् ।

एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा प्रचण्ड पुत्र प्रकाशको विषयमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि उनले यस्तो घोषणा गरेका हुन् ।

बैठकमा एमाओवादी नेताहरु रेणु चन्द, कृष्ण धिताललगायतका नेताले चुनावमा पार्टी पराजित हुनुमा प्रकाशको गतिविधि पनि प्रमुख रहेको भन्दै उनलाई अध्यक्ष प्रचण्डसँग नराख्न आग्रह गरेका थिए ।

विज्ञप्तीमा प्रकाशले आफू रहरले नभइ पार्टीको स्थायी समितिका सदस्यहरुको आग्रहमा हेडक्वाटरमा बसेको बताएका छन् ।

‘म कुनै रहरले हेडक्वाटरसँग बसेको होइन,’ प्रकाशले आफ्नो विज्ञप्तीमा भनेका छन्, ‘पार्टीका स्थायी समितिका सदस्यहरुले नै मलाई त्यतिबेला हेडक्वाटरमा बस्न आग्रह गर्नुभएको हो ।’

१२ कक्षा पढ्दा पढ्दै पार्टीको काममा हिँड्दा आफ्नो पढाइ अलपत्र भएपनि पार्टीको काम गर्न पाउँदा गर्व महसुश भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले आफू जीवनभर यही पार्टीमा काम गर्ने भन्दै कुनै पदको लोभ नभएको पनि स्पष्ट पारेका छन् ।

‘मेरो आफ्नो भन्नु यो पार्टी सिवाय केही छैन,’ प्रकाशले भनेका छन्, ‘मेरो जीवन रहुन्जेल यही पार्टीका लागि काम गर्छु ।’

प्रकाशले निकालेको विज्ञप्ती पढ्नुहोस् ।

म कुनै रहरले HQको जिम्मा सम्हालेर ठूलै सुखसुविधामा बसेको छैन म २०५८ साल १२ पढ्दा पढ्दै जनमुक्ति सेनामा जाने हिसाबले पढाई त्यागी होलट्यामर भएर हिडेको हुँ । जतिबेला भारतमा रहेको HQ असुरक्षित भईरहेको थियो ।

हिन्दी पंजाबी बंगाली राम्रोसंग बोल्ने र कम्प्युटरकोपनि ज्ञान भएको कारण स्थाई कमिटीमै प्रकाशलाई HQ मै राख्न पर्छ भन्ने निर्णय भएको थियो । मलाई HQ भन्दा आधार ईलाकामा बसि जनमुक्ति सेनामा जोडिने तिब्र इच्छा थियो तर स्थाई कमिटीका कमरेडहरुले तिम्रो अहिले HQ मा आवश्यकता छ ज्त्त लाई सहयोग गर्नु पर्छ भन्नु भयो । त्यस दौरान हाम्रो बसाई अधिकांश आधार ईलाका मुख्यतस् रोल्पा, रुकुम सल्यान तिर हुन्थ्यो ।

धेरै पटक तत्कालिन शाही सेनाले हामी बसेको घरमा हवाई आक्रमण पनि गरेको थियो र खारा जस्ता आक्रमण प्रत्यक्ष अनुभव गरिएको थियो । शायद त्यहां बांच्नु अभिषाप हो ? गोली र बमको आंखा हूंदैन ।

कयौ हवाई आक्रमणलाई क।प्रचण्डलाई जनमुक्तिसेनाको साथ वहांलाई बचाएको अनुभव छ । आर्थिकलगा़यत सैन्य सामानको रक्षा गरेको अनुभव छ । के यो अभिषाप हो । क।प्रचण्डलाई महिले मेरा बुवा भन्दापनि मेरो अध्यक्क्ष र मेरो आदर्शको रुपमा महिले हेरेर आएको हो ।

क.प्रचण्डले पनि महिले थाहा पाउने अबस्थादेखि उहांले कहिल्यै आफ्नो छोरा वा परिवार जस्ता व्यवहार गर्नु भएन । हो प्रचण्ड मेरो बुवा भएर मलाई घाटा भएको छ । म २०५८ सालको पूर्णकालिन सदस्य तर मलाई कहिकतै कुनैपनि प्रकारको पदको लोभ छैन ।

सुरुदेखिनै पार्टीलाई सहयोग र त्याग गर्ने हो त्यहि कारण आफ्नो व्यक्तिगत जीवनपनि पढाईपनि गुमाईयो । हेर्न सक्नु हुने छ हाम्रै पार्टीका अरु नेताका छोराछोरी कती पढे हामी कति पढ्यौ । यदि त्यता लागेको भए के हामीपनि पढ्न सकिन्नथियो होला र तर गर्वनै लाग्छ ।

त्यो संकटकाल अवधिभर क. प्रचण्डकै रक्षामा लागियो । दायाबाया सोचिएन गर्व छ मलाई यो कुरामा । हो पछिल्लो चरण मेरा केही सिमाकमजोरी रहे । जसको महिले पार्टीबाट उचित सजाय पाएर पूनस् पार्टीमा आबद्ध भए ।

कि विधानमै लेख्न पर्यो कारबाही भोगेकाहरु पूनस् पार्टीमा आउन नपाउने । म रुपान्तरण र कठोर आत्मालोचित भएर पार्टीमा आएको थिए । पार्टीले खटाएको ठांउमा जाने रहर थियो । तर मुख्यतस् चुनावको मुख र ज्त्त हेर्ने सुरक्षाका साथी र नीजि सचिवालयका साथीहरुले चुनाव अवधिभर HQ मा बस्नु पर्ने मांगले गर्दा पूनस् ज्त्त मै चुनाब अवधीभर बस्ने निर्णय पदाधिकारीले निर्णय गर्यो र विभिन्न आरोहअवरोह पार गरि चुनावसम्म खटियो ।

चुनावको हार पश्चात् सम्पूर्ण हारको जिम्मा मलाई लगाउने अभिप्रायले कतिपय सिसियमका कमरेडले रिपोर्टिंग गर्नु भएछ । यसमा कतिसम्मको सत्यता छ हार लुकाउन दोष दिने । खैर मेरो आफ्नो भन्नु यो पार्टी बाहेक केही छैन, सदैव यहि पार्टीमा हुने छु । पूर्खौली सम्पतिको कुरा गर्नु हुन्छ भएको २ बिघा यहि पार्टी बनाउन गएको छ ।

त्यस्तो कुरा गर्नु हुन्छ भने पुर्खोली सम्पतिको कुरा उठाउने कमरेडलाई अभिलम्ब हाम्रो सम्पति फिर्ता दिन अनुरोध गर्दछु । म यो पार्टी छोडेर कदापी जान्न र पार्टी दिएको जिम्मा अनुसार खटिने छु र अर्को जिम्मा नपाउन्जेल म ज्त्त सचिवालयको कुनैपनि जिम्मा नलिने निर्णय गरेको छु ।

पार्टीलाई सहयोग गर्ने सुरुदेखिको भावना अनुसार हरेक क्षेत्रबाट सहयोग गर्न सकिने भएको हूंदा पार्टीले मलाई कुनै एक जिम्मा दिने छ भन्ने आशा राखेको छु र सबैले पार्टी फेरि सशक्त बनाउन आफ्नो आफ्नो ठांउबाट त्याग गर्न अपिल गर्दछु । धन्यबाद

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us