काँग्रेस संसदीय दलमा कोइराला

काठमाण्डु टुडे २०७० माघ १२ गते २:३५ मा प्रकाशित

काठमाण्डु, १२ माघ– नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति सुशील कोइराला विजयी भएका छन् ।
Sushil-Koirala। दल नेताका लागि भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै कोइराला निर्वाचित हुनुभएको हो । १ सय ९४ मत खसेकामा कोइरालाका पक्षमा १ सय ५ र देउवका पक्षमा ८९ मत खसेको थियो ।

अन्तिम समयसम्म सर्वसम्मतिबाट दल नेता चयन गर्ने प्रयास विफल भएपछि निर्वाचन भएको हो । काँग्रेस विधानले संसदीय दलको नेता स्वत: प्रधानमन्त्री हुने व्यवस्था गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us