एमाले स्थायी समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७० माघ ११ गते २:४६ मा प्रकाशित

balkhuकाठमाण्डु, ११ माघ – संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार पनि बस्न सकेन ।

बैठकमा पार्टीको नवौं महाधिवेशनका विषयमा छलफल हुने भनिएपनि बैठक बसेन ।

एमाले नेताहरुले यस अघिनै पार्टिभित्रको शक्ति बाँडफाटमा सहमति भइसकेको भन्दै स्थायी समितिको बैठकले औपचारिक टुंगो लगाउने बताएका थिए ।

तर एमाले स्रोतले भने संसदीय दलको नेता को बन्ने भन्ने विषयमा टुंगो नलाग्दा बैठक स्थगित भएको हो ।

एमालेमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम र नेता केपी शर्मा ओलीको संसदीय दलको नेता बन्ने भन्नेमा विवाद छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us