काठमाण्डु, ७ माघ– सिरिया संकटको विषयमा छलफल गर्न बुधबार हुन लागेको शान्ति सम्मेलनमा सहभागी हुन इरानलाई गरिएको पत्राचार संयुक्त राष्ट्रसंघले फिर्ता गरेको छ । यसअघि शान्ति सम्मेलनमा सहभागी हुन इरानलाई निम्तो पठाइए पनि अमेरिका लगायत देशले विरोध गरेपछि राष्ट्रसंघले निम्तोपत्र फिर्ता लिएको हो ।
हिंसाग्रस्त सिरिया संकटको समाधानको उपाय खोज्न बुधबार स्वीजरल्याण्डमा शान्ति सम्मेलन शुरु हुदैछ । यसलाई सिरिया संकट समाधानको लागि हालसम्मकै ठूलो राजनीतिक प्रयासको रुपमा ब्याख्या गरिएको छ ।
अन्तरिम सरकार गठन गर्न अरु राष्ट्रले गरेको आग्रह त्यहाँको सरकारले अस्वीकार गरेको छ ।