सिरियाली विद्रोही जेनेभामा शान्ति वार्तामा बस्न तयार

काठमाण्डु टुडे २०७० माघ ५ गते ५:५८ मा प्रकाशित

काठमाण्डु ५ पुस–स्वीट्जरल्याण्डको जेनेभामा प्रस्तावित सिरिया शान्ति वार्तामा सिरियाली विद्रोही पक्ष सहभागी हुने भएको छ । विद्रोही गठवन्धनमा वार्तामा सामेल हुने वा नहुने भन्ने विषयमा भएको मतदानमा सामेल हुने भन्ने बहुमत भएपछि विद्रोहीहरु वार्तामा सहभागी हुने भएका हुन् ।
यस अघि विद्रोहीहरुले वर्तामा राष्ट्रपति बशर अल असदले राजीनामा नदिएसम्म वार्तामा नबस्ने बताउँदै आएका थिए । विद्रोहीहरुले वार्तामा बस्न आनाकानी गरेपछि अमेरिका र बेलायतले विद्रोहीहरुलाई दिँदै आएको समर्थनमा पुनर्विचार गर्न सक्ने जनाएका थिए ।
जेनेभा टु नाम दिईएको यस शान्ति वार्तामा सहभागि हुन सिरियाली विपक्ष सहमत भएपछि अमेरिकाले यसको स्वागत गरेको छ । अमेरिकी विदेशमन्त्री जन केरीले विपक्षको सहमतिलाई उत्साजन भएको टिप्पणी गरेका छन् । विगत ३ वर्षदेखि सिरियामा जारी हिंसामा एक लाख भन्दा बढिले ज्यान गुमाईसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us