बाघको आक्रमणबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ३ गते ७:०५ मा प्रकाशित

tigerचितवन, ३ माघ – पश्चिम चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

आफ्नै खेतमा गएका दिव्यनगर गाविस वडा नं ४ का ४३ वर्षीय टीकाराम परियारको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

खेतमा गएका परियार धेरै बेरसम्म पनि घर नफर्किएपछि खोज्न जाँदा बाघले आधा शरीर खाइसकेको अवस्थामा नजिकैको जङ्गलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us