ओबामा जोडी सम्वन्ध विच्छेदको स्थितिमा !

काठमाण्डु टुडे २०७० माघ २ गते ८:०७ मा प्रकाशित

obama-Familyकाठमाण्डु, २ माघ–अमेरिकी राष्ट्रपति बाराक ओवामा र उनकी पत्नी मिसेल ओबामाबीचको सम्वन्धमा फाटो आएको छ । उनीहरुबीचको सम्वन्धमा यतिधेरै दुरी बढेको छ की दुबैजना सम्वन्ध विच्छेद गर्ने निर्णयमा पुगिसकेका छन् ।

मिसेलले पचासौं जन्मदिन मनाइरहँदा उनी आफ्नो श्रीमान बाराक ओवामासँग अलग हुने निष्कर्षमा पुगेको कुराले विश्वभर चर्चा पाइरहेको छ । मिसेलको जन्मदिन १७ जनवरी हो ।

अमेरिकी वेबसाइट ‘नेशनल इन्क्वायरर’ले ओवामा परिवारको पारिवारिक तनावबारे सबैभन्दा पहिले सार्बजनिक गरेको थियो । हाल सो वेबसाइटबाट यो समाचार हटाइए पनि अरु सन्चार माध्यममा यसले प्राथमिकताका साथ स्थान पाएको छ ।

खबर अनुसार अब अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल सँगै रहने सम्भावना अन्त्य भएको छ । मिसेलले बाराक ओवामासँग सम्वन्ध विच्छेद गर्नेबारे वकीलहरुसँग परामर्श जारी राखेकी छन् । यद्यपी राष्ट्रपति बाराक ओबामाको अनुरोधमा यो कुरा गोप्य राख्न मिसेल सहमत भएकी छन् । राष्ट्रपति ओबामाले कम्तिमा आफ्नो कार्यकाल (सन् २०१६) सम्म सम्वन्ध विच्छेद नगर्ने बताएका छन् । यो कुरामा सहमत मिसेल ह्वाइट हाउसमा भने नरहने निर्णयमा पुगेकी छन् ।

स्रोतका अनुसार दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको शोकसभामा ओबामा र डेनमार्ककी प्रधानमन्त्री हेल थार्निङ्ग स्मिट बीचको व्यवहारबाट मिसेल रुष्ट थिइन् । त्यसैको एकहप्ता पछि नै उनीहरुको सम्वन्धमा फाटो शुरु भएको थियो । यस घटनाबाट रुष्ट मिसेलले ओबामाले आफूलाई दुईपटकसम्म कुरा लुकाएको थाहा पाएकी थिइन् ।

स्रोतका अनुसार ओबामाले मिसेलको जन्मदिनको अवसरमा ह्वाइट हाउसमा भव्य पार्टी आयोजना गरेका थिए । तर, मिसेलले आफू सहभागी नहुने बताएकी थिइन् । यसोगर्दा पूरै देशभर नराम्रो सन्देश जाने भन्दै ओबामाले धेरै आग्रह गरेपछि मिसेल आफ्नो जन्मदिनको अवसरमा आयोजना गरिएको पार्टीमा सहभागी हुन तयार भएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us