सियाली विपक्षीलाई समर्थन बारे पुर्नविचार गर्ने अमेरिका र बेलायतको चेतावनी

काठमाण्डु टुडे २०७० पुष ३० गते ३:१३ मा प्रकाशित

काठमाण्डु ३० पुस–सिरियामा विपक्षीहरुलाई दिईएको समर्थनबारे पुनर्विचार गर्न सक्ने अमेरिका र बेलायतले जनाएका छन् ।
आगामी साता स्वीट्जरल्याण्डको जेनेभामा तय गरिएबो शान्ति वार्तामा सहभागि हुन नमाने उसलाई दिँदै आएको समर्थनमा पुनर्विचार गर्न सकिने अमेरिकाले र बेलायतले चेतावनी दिएका हुन् । सिरियाली विपक्षले जेनेभामा तय गरिएको वार्तामा जान आनाकानी गरिरहेको छ । विपक्षी गठवन्धन भित्रका कतिपय दलहरु वार्ताको लागि तयार छन् भने कतिपयले सिरियाका राष्ट्रपति बशर अल असदको राजीनामालाई वार्ताको पूर्व शर्तका रुपमा अघि सारेका छन् ।
विपक्षी गठवन्धनले आगामी शुक्रबार वार्तामा बस्ने नबस्ने बारे गठबन्धन भित्र मतदान गरिने जनाएको छ । वार्तामा बस्ने नबस्ने मतदानको नतिजामा भर पर्ने विपक्षी गठबन्धनले जनाएको छ । सिरिया पछिल्लो तीन वर्ष देखि गृह युद्धमा फसेको छ ।
सिरियामा असद सरकारलाई रुस, चीन लगायतका देशले समर्थन गरेका छन् भने विपक्षी गठबन्धनलाई अमेरिका र बेलायत लयायतका पश्चिमा मुलुकहरुले समर्थन गरिरहेका छन् । पश्चिमाको समर्थनमा रहेको सियाली विपक्षी विभाजित छन । गठबन्धनमा अलकायदा समर्थकहरुको समेत बाहुल्यता रहेको आरोप लाग्ने गरेको छ । जेनेभा २ नाम दिईएको प्रस्तावित वार्ताबाट सिरियाको संकट समाधानको दिशामा महत्वपूर्ण उपलब्धी हुने आशा गरिएको छ ।
सिरियाली विपक्षीले अमेरिका र बेलायतको समर्थन आफुहरुलाई महत्वपूर्ण भएको भन्दै उनीहरुको ताजा धम्कीले विश्वनियतामाथि प्रश्न उठेको जनाएको छ । ईरानलाई समेत जेनेभा बैठकमा सामेल गराउने वा नगराउने भन्ने विषयमा पनि विवाद उत्पन्न भएको छ । रुस ईरानलाई सहभागी गराउने पक्षमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us