इरानको परमाणु कार्यक्रम स्थगित

काठमाण्डु टुडे २०७० पुष २९ गते १:२३ मा प्रकाशित

Iran_nuclear_plantकाठमाण्डु, २९ पुस–आउँदो सातादेखि इरानको विवादित परमाणु कार्यक्रममा रोक लगाइने भएको छ । अमेरिका, युरोपीय संघ र इरान परमाणु कार्यक्रमलाई यही जनवरी २० तारिकदेखि स्थगित गर्न सहमत भएका हुन् ।

सम्झौता अनुसार इरानले आफ्नो पाँच प्रतिशतभन्दा धेरै शुद्धतायुक्त युरेनियम सम्वद्र्धनलाई रोक्नेछ भने लगभग २० प्रतिश शुद्धतायुक्त यूरनियमलाई प्रभावहीन गर्नेछ । साथै निरीक्षकहरुलाई परमाणु प्रतिष्ठानसम्म जान दिइने छ ।

यसको बदलामा इरानमाथि लगाइएको अन्तराष्ट्रिय प्रतिवबन्ध केही खुकुलो गरिने छ । इरानमा तेल, सुन र अन्य धातुको व्यापारमा लगाइएको रोक हटाउन आवश्यक कदम चालिने अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि इरानले परमाणु हतियार बनाउने गरेको आरोप लाग्दै आए पनि उसले भने त्यसलाई अस्वीकार गर्दै आएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौताको स्वागत गरेका छन् । उनले अब दीर्घकालीन सम्झौताकोलागि थप वार्ता गर्नुपर्ने खाँचो औंल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us