यस्तो छ बाबुरामको चार बुँदे रोडम्याप

काठमाण्डु टुडे २०७० पुष २६ गते ९:५६ मा प्रकाशित

Baburam-Bhattarai_20110602084615काठमाण्डु, पुस – एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधानसभामा आफ्नो भुमिका प्रभावकारी बनाउन ४ बुँदे रोडम्याप तय गरेका छन् ।

एक वर्ष भित्रै नयाँ संविधान जारी गर्ने भनेर जनतासामु व्यक्त प्रतिवद्धता पूरा गर्न उनी ४ बुँदे रोडम्याप अनुसार अघि बढ्ने भएका हुन् ।

संविधानसभाको दोस्रो चुनावमा पराजय र पार्टीको भावी कार्यदिशाका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्नु अघि नै बाबुरामले आन्तरिक कार्यदिशा तय गरेका हुन् ।

बाबुराम निकट एक नेताले दिएको जानकारी अनुसार उनले संविधान जारी नहुँदासम्म संसदीय दलको नेता वा अन्य कुनै पनि पदमा नबस्ने मनस्थिति बनाएका छन् ।
काठमाण्डु टुडेलाई प्राप्त जानकारी अनुसार भट्टराईको चार बुँदे रोडम्याप यस्तो छ :

१. एक वर्ष भित्र संविधानसभाबाट संविधान निर्माण गर्ने दिशामा केन्द्रित हुने ।
२. पार्टी भित्र र बाहिर पनि लोकतान्त्रिक विधि बसाल्न पहल गर्ने ।
३. संविधान जारी नहुँदासम्म संसदीय दलको नेता वा अन्य कुनै पनि पदमा नबस्ने ।
४. एक वर्ष भित्रै अग्रगामी लोकतान्त्रिक संविधान जारी गर्नका लागि लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us