१० वर्षीया आत्मघाती हमलाकारीको उद्दार

काठमाण्डु टुडे २०७० पुष २३ गते ३:४३ मा प्रकाशित

Afghan_child_suicide_bombeकाठमाण्डु, २३ पुस– तालिवान विद्रोहीले आत्मघाति हमलाकारीको रुपमा प्रयोग गर्न लागेको एक १० वर्षीय बालिकालाई अफगानिस्तान सरकारले उद्धार गरेको जनाएको छ । १० वर्षीया बालिका स्पोज्म्यालाई आफ्नो शरिरमा बाँधिएको बम विष्फोट गराउनै लाग्दा दक्षिणी प्रान्त हेल्मन्दबाट उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

उनले आत्मघाती हमलाको शिकार बनाउन लागेकी सुरक्षाकर्मीहरुमध्ये कै एकले उनको पहिचान गरि उद्दार गरिएको अफगान गृह मन्त्रालयका प्रवक्ता सादिक सिद्दिकीले जानकारी दिए । उद्दार गरिएकी बालिका भ्रमपूर्ण अवस्थामा रहेको पनि प्रवक्ताले जनाएका छन् ।

तालिवानहरुलाई बेलाबेलामा नाबालिकहरुलाई आत्मघाती हमलाकारीका रुपमा प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । १० वर्षीया बालिका स्पोज्म्या अहिलेसम्म थाहा पाईएका मध्येकी सबै भन्दा कम उमेरकी भएको बताइएको छ । उनलाई तालिवानका कमाण्डर रहेका उनकै दाजुले आत्मघाती हमलाकालागि प्रेरित गरेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us