
जाजरकोट, २० मङ्सिर–एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा क्षेत्र नं १ का विजयी सभासद् शक्तिबहादुर बस्नेतले नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपा नेपाल मिलेर २०४७ सालको संविधान ब्युँताउने तयारी गरिरहेको आरोप लगाएका छन ।
एमाओवादी जाजरकोटले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले शान्ति प्रक्रियाको महत्वपूर्ण शक्ति एमाओवादीलाई पाखा लगाएर दुईतिहाइको बलमा २०४७ सालको संविधान ब्युँताउन खोजेको आरोप लगाएका हुन ।