अविश्वासको प्रस्तावबाट बचेपछि थाई प्रधानमन्त्रीले विपक्षीलाई वार्तामा बोलाइन्

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १३:१० मा प्रकाशित

YingluckShinawatra-thailand_PMबैंकक, १३ मंसिर– थाई प्रधानमन्त्री यिङ्लक सिनावात्राले आन्दोलनरत विपक्षी दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् । थाइल्याण्डमा विगत करिब डेढ हप्तादेखि प्रधानमन्त्री सिनावात्राका विरुद्धमा विपक्षीहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीको राजिनामा माग गरिरहेका छन् ।

प्रधानमन्त्री सिनावात्राले आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गर्दै आन्दोलनबाट कुनै उपब्धि नहुने र यसले देशको अर्थतन्त्रमा नै असर पार्नसक्नेतर्फ सबैको ध्यानाकर्षण गराएकी हुन् । बिहीबार टेलिभिजनबाट दिएको एक सम्बोधन भाषणमा उनले सरकारले सबैलाई सम्बोधन गर्नेगरी वार्ताका लाग बोलाएको र सबै समस्याको समाधान वार्ताबाटै सम्बोधन गर्नेगरी लचक बन्ने पनि बताएकी छिन् ।

आगामी डिसेम्बर ५ मा थाई राजा भूमिबोलको जन्मोत्सव आएको र राजाको जन्मोत्सव सबैलाई एकताकबद्ध रुपमा मनाउनका लागि पनि हाल जारी रहेको आन्दोलनलाई तत्कालै रोक्नुपर्नेमा उनले सो सम्बोधनमार्फत जोड दिएकी छिन् । प्रधानमन्त्री यिङलकले अविश्वासको प्रस्तावको सामना गरेको केही समयमै उनले सो सम्बोधन गरेकी हुन् । बिहीबार थाइल्यान्डको प्रतिनिधि सभामा उहाँका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा भएको मतदानमा उनले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास हासिल गरेका थिए ।

प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टीको अगुवाइमा मङ्गलबार नै प्रधानमन्त्री यिङलकविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको थियो । सो प्रस्तावमा संसदमा दुई दिनसम्म भएको छलफलपछि बिहीबार मतदान भएको थियो । थाई संसदको तल्लो सभामा प्रधानमन्त्री यिङलकका पक्षमा स्पष्ट बहुमत रहेकोले उहाँको दलले सजिलै विश्वासको मत हासिल गरेको हो ।

थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालैमात्र आममाफी दिने सम्बन्धी कानुन पारित गरेको थियो । सो कानुन पारित भएपछि नै विपक्षीहरू संसद र सडकमा सरकरका विरुद्ध उठेका हुन् । सो कानुन प्रधानमन्त्री यिङलकले आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउनेगरी ल्याएको आरोपमा विपक्षीहरूले आन्दोलन गरेका हुन् ।

अविश्वासको प्रस्तावबाट बचिन्

थाइल्यान्डका प्रधानमन्त्रीले यिङलक सिनावात्रा अविश्वासको प्रस्तावबाट बचेकी छिन् । केही दिनयतादेखि सरकार विरुद्धको प्रदर्शन राजधानी बैंककभरी नै जारी रहेको छ ।

बिहीबार थाईल्याण्डको प्रतिनिधि सभामा भएको मतदानपछि उहाँ  अविश्वासको प्रस्तावबाट बच्नु भएको समाचारमा उल्लेख छ । उहाँको पक्षमा २९७ भोट र विपक्षमा १३४ भोट परेको छ ।प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले मङ्गलबार नै प्रधानमन्त्री यिङलकविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

सो प्रस्तावमा संसदमा दुई दिनसम्म भएको छलफलपछि सो प्रस्तावमा मतदान भएको हो ।  थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालैमात्र आममाफी दिने सम्बन्धी कानुन पारित गरेको थियो । तर त्यसलाई त्यहाँको राष्ट्रिय सभाले असफल गराइदिएको थियो ।

प्रधानमन्त्री यिङलकले आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउनेगरी सो कानुन ल्याएको आरोप विपक्षीहरूले जनाएका लगाउँर्दै आएको छ ।

पूर्व प्रधानमन्त्री थाकसिन सन् २०१० पछि भ्रष्टाचारको आरोपमा विदेश निर्वासनमा रहँदै आएकी छिन् । सो कानुनको विरोधमा हालका दिनहरूमा सरकारविरोधी प्रदर्शनहरू हुनथालेका हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us