दक्षिण कारियाद्वारा गाली नगर्न उत्तर कोरियालाई चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ९:१४ मा प्रकाशित

south and north koreaसोल, २९ कात्तिक– दक्षिण कोरियाको एकीकरण मन्त्रालयले आफ्ना राष्ट्रपति पार्क गेउन हाईलाई व्यक्तिगत गाली गलौज गरी आक्रमण नगर्न चेतावानी दिएको छ । सो मन्त्रालयले आफ्ना राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै पछिल्ला समयमा भएको सो असभ्यता तत्कालै रोक्न चेतावानी दिएको हो ।

शुक्रबार प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यदि उत्तर कोरियाका राष्ट्रपतिलाई हामीले त्यस्तो गालीगलौज गरेको भए के गथ्र्यौ ?’ सो विज्ञप्तिमा दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता किम उइले तत्कालै यस्ता आक्रमणका क्रियाकलापहरु रोक्नका लागि आग्रह गरेको र यदि यस्तो काम नरोकिएमा त्यसले कसैलाई पनि राम्रो नगर्ने बताउनुभएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us