राष्ट्रसंघको मानवअधिकार समितिमा चीन निर्वाचित

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते २:०६ मा प्रकाशित

बेइजिङ–संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिको नयाँ सदस्यमा चीन बहुमतले निर्वाचित भएको छ । चीनले सन २०१४ देखि ०१६ सम्म समितिमा आफनो नेतृत्व लिनेछ । राष्ट्रसंघको ६८ औ महासभाले मानवअधिकार समितिका १४ वटा नयाँ सदस्यको निर्वाचन गरेको हो ।
चीनले मानवअधिकार समितिको कार्यमा सक्रियताकासाथ निरन्तर रुपमा चीन संलग्न हुने र चीनले अन्तराष्ट्रिय मानवअधिकार कार्यको स्वस्थ बिकासका लागि अझै ठूलो योगदान दिने चिनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङगले बताए । चीनले आफूलाई निर्वाचित गराउने मुलुकहरु प्रति चीनले कृतज्ञता व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us