
काठमाण्डू, २४ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपलामा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बताइएको छ । यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।