श्रीलंकाले मालद्वीपलाई हटायो

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १३:३७ मा प्रकाशित

माले, २७ कात्तिक– श्रीलङ्काको अदालतले निरन्तर रुपमा निर्वाचनमा हस्तक्षेप गरेको भनी बुधबार राष्ट्रमण्डलीय अनुशासन समितिबाट मालद्वीपलाई हटाइएको र त्यस मुलुकमा राजनीतिक अराजकतामाथि अनुसन्धान आरम्भ भएको जानकारी एक कूटनीतिज्ञले दिएका छन् ।

राष्ट्रमण्डलीय मन्त्रीस्तरीय कार्यसमूहले ५३ सदस्य मुलुक रहेको यस समूहबाट मुलुकलाई बहिष्कारका लागि सिफारिस गर्नसक्छ । श्रीलङ्काको राजधानीमा बुधबार आयोजित यस कार्यसमूहको बैठकबाट मालद्वीपलाई बाहिर राखिएको बताइएको । ती कूटनीतिज्ञले मालद्वीपका विषयमा कार्यसमूहमा छलफल भइरहेको समयमा यो मुलुक यस समूहको सदस्य हुननसक्ने बताए । राष्ट्रमण्डलले पछि एक विज्ञप्तिमार्फत मालद्वीपको विषयमा छलफल भएको पुष्टि गरेको थियो ।

यस मुलुकमा राष्ट्रपति पदको निर्वाचन तीनपटक सम्म रद्द गरिएपछि यहाँ संवैधानिक सङ्कट देखिएको छ र भारत तथा पश्चिमी कूटनीतिज्ञहरुले वर्तमान राष्ट्रपति मोहमद वाहिदको सरकारप्रति यस विषयमा आलोचना गरेका छन् । प्रतिपक्षी नेता मोहमद नसिदले गत दुई महिनामा दुई पटक कम्तीमा ४५ प्रतिशत मत ल्याई विजय हासिल गरेका छन् तर त्यहाँको सर्वोच्च अदालतले पटकपटक दोस्रो चरणको मतदान ढिला गराएको छ ।

राष्ट्रमण्डलले यस विषयमा एक विज्ञप्ति प्रकाशन गरी मालद्वीपका विषयमा आउँदा दिनमा नजिकबाट अनुगमन गर्ने जानकारी दिएको छ । श्रीलङ्कामा शुक्रबारदेखि राष्ट्रमण्डलीय शिखर बैठकका लागि सदस्य मुलुकका नेताहरुको भेला भइरहेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us