दुई सैनिकको हत्या,बम बिष्फोटमा एक मारिए, दुर्घटनामा ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १६:२६ मा प्रकाशित

भारत २१ कात्तिक–भारतीय अर्ध सैनिक बलका दुई जना सदस्यको भारत प्रशासित कश्मिरमा बिहीबार शङ्कास्पद हतियारधारीले हत्या गरेका छन् ।
भारत प्रशासित कश्मिरमा विगतका केही समयदेखि यस्ता हत्याका घटना भइरहेको छन ।
बिहीबार अपराह्न भएको हत्याको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।
बम विस्फोट एकको मृत्यु    
उत्तरपश्चिम भारतको एक भवन निर्माणाधीन क्षेत्रमा बुधबार बम विस्फोट भएको छ । मणिपुर राज्यको प्रान्तीय राजधानी इम्फाल नजिकै रहेको थौबाल सहरमा भएको यस विस्फोटनमा परि सो भवन निर्माणमा कार्यरत एक कामदारको मृत्यु भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ ।
बुधबार अबेर राति भएको यस विस्फोटमा परि सो भवनमा कुर्न बसेका एक कामदारको मृत्यु भएको समाचारमा उल्लेख छ । प्रहरी निरीक्षक ए आर जालाजितका अनुसार यस बम विस्फोटबाट अन्य ६ जना कामदार घाइते भएका छन् ।
यस घटनाको हालसम्म कसैले पनि जिम्मा लिएको छैन । तर मणिपुर राज्यमा कम्तीमा १७ पृथकतावादी समूह रहेका छन । ती मध्ये कुनै एकले बम बिष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेका छन् ।
गतहप्ता पनि इम्फालको बस बिसौनीमा गरिएको एक बम विस्फोटबाट दुई व्यक्तिको मृत्यु भएको थियो । सोही समयमा बजार इलाकामा गरिएको अर्को बम विस्फोटबाट पाँच व्यक्ति घाइते भएका थिए ।
दुर्घटना ६ जनाको मृत्यु
पश्चिम भारतको गुजरात राज्यमा बिहीबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुई वटा कार र एक ट्रक एक आपसमा ठोकिँदा भएको यस दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ । राजधानीबाट एक हजार ५० किलोमिटर टाढा अहमदाबाद भादोदारा एक्सप्रेस राजमार्ग नजिकै रहेको दोद्का गाउँको भादोदारा क्षेत्रमा सो घटना भएको जनाइएको छ । रासस/सिन्ह्वा/एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us