दाजु पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने बहिनी प्रधानमन्त्रीको कसरत

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १२:४५ मा प्रकाशित

बैंकक,कात्तिक–थाईल्याण्डको संसदले पारित गरेको आममाफी सम्बन्धी कानुनको त्यहाँका प्रधानमन्त्री यिङ्लक सिनावात्राले बचाउ गरेकी छिन ।Thai PM
सो कानुनको विरुद्धमा राजधानी बैंककमा मंगलवार विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । विगत तीन दिनदेखि जारी रहेको सो प्रदर्शनकै क्रममा प्रधानमन्त्री यिङ्लकले सो कानुनको बचाउ गरेकी हुन । वर्तमान प्रधानमन्त्री यिङ्लक सिनावात्राले आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिनलाई स्वदेश फर्काउने लक्ष्यका साथ सो कानुन ल्याएको अरोप प्रतिपक्षको छ ।
यिङ्लकले विगतको पाँच वर्षको द्वन्द्वको स्मरण नगर्न र सबैलाई मिलेर जाने वातावरण देशमा बनोस भनेर सहयोग गर्न आग्रह गरेकी छिन ।
विपक्षी दलका हजारौँ कार्यकर्ता सडकमा ओर्लिएर सो कानुनको विरोध गरिरहेका छन । उनीहरुले सो कानुनको खारेजीको माग गरिरहेको छन् ।Ex Thai PM
देशमा रहेका केही राजनीतिक दलका कार्यकर्ता एवम् नेतालाई लक्ष्य गरेर सो कानुन ल्याइएको भन्दै उनीहरुले सो कानुन नमान्ने बताएका छन् । उक्त कानुन वर्तमान सरकारले बाहुल्यता रहेको थाई संसदले हालै पारित गरेको थियो ।
थाईल्याण्डका पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रा पनि स्वदेश फर्किन पाउनेगरी सो कानुन ल्याइएको भन्दै उक्त विरोध प्रदर्शन गरिएको बिपक्षीले जनाएका छन । तर यिङ्लक भने देशमा एकताको भावना जागृत गर्न र राष्ट्रियता र विकासका लागि एकताबद्ध भएर अघि बढ्न सबै राजनीतिक दल तथा विचारहरु अटाउन सक्नेगरी सो आममाफी सम्बन्धी कानुन ल्याइएको मङ्गलबार बताएकी छिन ।Thai Protest
पूर्व प्रधानमन्त्री थाकसिन भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका कारण विदेशमा रहेका छन् । यो कानुन पारित भएपछि उनी पनि स्वदेश फर्किन पाउने छन् ।
वर्तमान प्रधानमन्त्रीले आफ्ना दाजुलाई स्वदेश फर्काइ राजनीतिमा स्थापित गर्नका लागि उक्त कानुनको सहारा लिएको दाबी गरेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us