
काठमाण्डु, १७ कात्तिक– अफ्री मुलुक मालिमा दुईजना फ्रेन्च पत्रकारको अपहरणपछि हत्या भएको छ । फ्रान्सको रेडियो फ्रान्स इन्टरनेशनल (आरएफआई)मा कार्यरत दुईपत्रकारको किजल भन्ने स्थानमा हत्या भएको हो ।
उनीहरु राष्ट्रपति निर्वाचनकोलागि रिपोर्टिङकालागि सो स्थानमा भएका थिए । स्थानीय नेताको अन्तरवार्ता लिएपछि ति दुई पत्रकारको अपहरण भएको थियो । –एजेन्सीको सहयोगमा