भारतीय गायक मन्ना डे रहेनन्

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ४:०३ मा प्रकाशित

Manna Deyनयाँदिल्ली–भारतीय गायक मन्ना डेको ९४ बर्षको उमेरमा विहीबार निधन भएको छ । बैंगलोरमा विहान साढे चार बजे उनको निधन भएको हो । उनी लामो समयदेखि विरामी थिए ।

केही दिनपहिले पाश्र्व गायक मन्ना डेको छातीमा संक्रमण देखिएको थियो । उनको अवस्था गम्भीर भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको अन्तिम समयमा छोरी शुमिता र ज्वाइँ ज्ञानरन्जन देव थिए । मन्ना डेका दुई छोरी छन् । एक छोरी अमेरिकामा बस्छिन् ।

उनको अन्तिम संस्कार विहीबारै गरिने भारतीय सन्चार माध्यमले जनाएका छन् । १ मे सन् १९१९ मा कलकत्ताको एक बंगाली परिवारमा जन्मिएका मन्ना डेले चार हजार भन्दा बढी गीत गाएका छन् । उनले १९४२ मा फिल्म तमन्नाबाट आफ्नो करियर शुरु गरेका थिए । सो फिल्ममा उनले सुरैयाको साथ गाएको गीत निकै चर्चित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us