फेसबुकको नयाँ नियमले बच्चालाई आपत

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ९:३२ मा प्रकाशित

काठमाण्डु –विश्वचर्चित सामाजिक सन्जाल फेसबुकमा अब नाबालिगले पनि आफ्ना तस्विर र भिडियो सार्वजनिक गर्न पाउने भएका छन् ।
यसअघि १३ देखि १७ बर्षसम्मकालाई फेसबुकमा आफ्ना तस्विर राख्ने गर्ने विकल्प थिएन ।

face bookउनीहरुले केबल आफ्ना साथी र साथीका साथीहरुका तस्विर मात्र शेयर गर्न पाउँथे । तर, अब फेसबुकले पहिलो नियम सच्याएको छ । टीनयजर्सको माग बढेपछि फेसबुकले पहिलेको पावन्दी हटाएर अब सबै उमेर समूहलाई आफ्ना तस्विर र भिडियो शेयर गर्न मिल्ने व्यवस्था मिलाएको जनाएको छ ।

नयाँ नियमअनुसार अब टिनयजर्सको प्राइवेसी ‘बाई डिफल्ट फ्रेन्ड्स ओन्ली’ रहनेछ । अब प्राविधिक रुपमा १३ बर्ष उमेरका युजर्सले फेसबुक अकाउन्ट बनाउन सक्नेछन् । हाल बालबालिकाहरुले आफ्नो गलत उमेर राखेर अकाउन्ट बनाउने गरेका छन् ।

उनीहरुको उमेर जाँच्न फेसबुकसाग कुनै प्रविधि छैन । फेसबुकको नयाँ नियमले बालबालिकामाथि सुरक्षा खतरा बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । फेसबुकको नयाँ नियमको विरोधसमेत शुरु भएको छ ।

केही सामाजिक कार्यकर्ताले यसको विरोध गरेका छन् । अंग्रेजी वेबसाइट डेलीमेलले फेसबुकको नयाँ नियमले बालबालिका गलत चुंगलमा फास्ने खतरा औंल्याएको छ । लेबर्स मिडियाका प्रवक्ता गुडमेनले भनेका छन्, ‘यो ठूलो मूर्खतापूर्ण फैसला हो ।

कैयौं टीनयजर्सलाई थाहै हुँदैनकी आफ्नो तस्विर कसले कसरी प्रयोग गरिरहेको छ ।’ यसअघि डेली मेलले टीनयजर्सको फेसबुक अकाउन्टका तस्विर चोरेर पोर्न साइटमा राख्ने गरिएको खुलासा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us