दीपिका र रणवीरको हट किसिङ

काठमाण्डु टुडे २०७० असोज २३ गते २:२० मा प्रकाशित

ramleelaवास्तविक जीवनमा रोमान्सको बारेमा  दीपिका पादुकोण र रणबीर सिंहले गोलमाल जवाफ दिए पनि रामलीला फिल्ममा उनीहरु हट देखिएका छन् । उनीहरु रामलीलामा जबर्जस्त रोमान्टिक मुडमा देखिएका छन् ।

मंगलबार रिलिज भएको एक गीत ‘लहू मुँह लग गया’मा उनीहरुले एकअर्कालाई जिस्काउँछन् र किस गर्छन् । यस गीतको मुख्य आकर्षण नै उनीहरुको किसिङ सीन हो । लगभग ६ मिनेट लामो यो गीत सुटिङ गर्न दुई हप्ता लागेको थियो । कतिपयले यसै गीतलाई पूरा गर्न लगातार १४ घण्टासम्म पनि काम गरेका थिए ।

यस गीतका निर्देशक सन्जय लीला भन्सालीले असली गुजराती संस्कृतिलाई दर्शाउन खोजेका छन् । भन्सालीले आफ्नो अघिल्लो फिल्म ‘गुजारिश’को जस्तै यस गीतको पनि आफै कम्पोज गरेका छन् । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us