‘फेसन’ हुन थाल्यो प्रचण्ड बिरुद्धको उम्मेदवारी

काठमाण्डु टुडे २०७० असोज १७ गते १०:२४ मा प्रकाशित

padamकाठमाण्डु–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका विरुद्ध उम्मेदवारी ‘फेसन’ भएको छ । काग्रेस–एमाले लगायतका दलका नेताहरुको उम्मेदवारी आउनु त स्वाभाविक नै भयो । तर, काठमाण्डु–१० मा माओवादी अध्यक्ष प्रचण्ड उठेपछि उनका विरुद्ध उम्मेदवारी दिने ‘फेसन’ नै बनेको छ ।
भृकुटीमण्डपमा प्रचण्डलाई हात उठाउने पदम कुँवरदेखि हिमालय टाइगरका नामले चिनिने रेस्लर भरतबहादुर विसुरालले पनि उम्मेदवारी दिएका छन् । यस अघि पदमलाई केही व्यक्तिले मोडलिङ समेत गराएका थिए । जित्नका लागि भन्दा पनि चर्चामा आउनका लागि यस्तो उम्मेदवारी परेको देखिएको छ । काग्रेस–एमाललेकै स्थानीय कार्यकर्ताहरुको लविङमा पदमको उम्मेदवारी परेको स्रोतको भनाई छ ।
रत्नपार्कका मुकेन्द भनेर चिनिने मुकुन्द घिमिरेदेखि देशको खलासी भनेर चिनिने लक्ष्मण खड्काले समेत उम्मेदवारी दिने चर्चा गरेका थिए । एकनाथ ढकालको परिवार दलमा गएका पूर्व लडाकु अशोक शर्माले पनि प्रचण्डसँगै चुनाव लडने बताएका थिए । संविधानसभाका सदस्यहरुको श्राद्ध गरेर चर्चामा आएका बर्दियाका राकेश कुमार शर्माले समेत प्रचण्डकै ठाँउबाट उम्मेदवारी दिने बताएका थिए । उता सिराहामा मात्रिका यादवको पार्टीका नेता केन्द्रीय सदस्य जगत यादव र एनआरएन उपेन्द्र महतोका भाई विरेन्द्र महत्तोले उम्मेदवारी दिने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us