कस्तो छ ? रणबीरको बेशर्मी

काठमाण्डु टुडे २०७० असोज १७ गते ४:२५ मा प्रकाशित

besharam4वेशर्म एक कार चोरको कथा हो । बबली (रणबीर कपुर) अनाथालयमा हुर्के बढेको हुन्छ । उसले खर्च चलाउन गाह्रो भएपछि कार चोर्छ । उसको सुन्दरी तारा (पल्लवी शारदा)सँग माया बस्छ । तारा एक महङ्गो विदेशी कारको व्यापार गर्छे । बबलीले अज्ञानताबस ताराकै कार चोर्न पुग्छ र आफ्नो मालिक भीम सिंह चन्देल (जावेद जाफरी)लाई दिन्छ । तर, छिट्टै उसलाई गल्ती महसुस हुन्छ र त्यो कार मालिकबाट फिर्ता लिएर तारालाई फर्काउने निर्णय गर्छ । तारा उसलाई घृणा गरे पनि उसकै साथ आफ्नो कार फिर्ता लिन चण्डिगढ जान्छे ।

केही कठिन संघर्षपछि उसले आफ्नो मालिक भीम सिंहबाट कार चोरेर ल्याउन सफल हुन्छ । पछि थाहा हुन्छ की त्यो कारमा भीम सिंहले करोडौं रुपैया राखेको हुन्छ । पुलिस अफिसर चुलबुल चौटाला (ऋषी कपुर) र उसको श्रीमती बुलबुल चौटाला (नीतु सिंह)सँग मिलेर पहिलेदेखि नै बबलीको खोजीमा हुन्छ । आखिरमा उसले बबलीलाई पक्रन सफल हुन्छ ।

besharam 1

यता तारा भने बबली जेल परेपछि चिन्तामा हुन्छे । किनकी उसले मनमनै उसलाई मन पराउन थालिसकेकी हुन्छे । उ बबलीलाई जेलबाट छुटाउन कारमा भएको करोडौं रुपैयाँ बुलबुल चौटालालाई घुस दिन्छे । जब भीम सिंहलाई बबली र ताराले कारसँगै उसको पैसामा पनि चोरेको भन्ने थाहा हुन्छ तब उ बबलीको एकदमै मिल्ने साथी टीटू (अमितोष नागपाल)लाई अपहरण गर्छ । उसले बबलीको ठेगाना पत्ता लगाउन टीटूलाई खुब पिट्छ । अब बबलीसँग एकमात्र उपाय हुन्छ, आफ्नो साथी टिटूलाई अपहरण मुक्त गर्न प्रहरीलाई घुस दिएको रकम फिर्ता गरेर भीमसिंहलाई दिने ।

के बबली र तारा पुलिस अफिसरको घरबाट पैसा फिर्ता लिन सफल हुन्छन् ? के बबली आफ्नो साथी टीटूलाई अपहरण मुक्त गर्न सफल हुन्छ ? भीम सिंहको के हुन्छ र पैसा कहाँ जान्छ ? ताराले आफ्नो कार फिर्ता पाउँछे की पाउँदैने ? तारा र बबलीको प्रेमकहानी के हुन्छ ?

besharam 3
निरस कहानी

अभिनव सिंह कश्यप र राजीव बर्णवालले दर्शकलाई हँसाउने कोशिसमा स्कृप्ट लेखेका छन् । कुनै कुनै ठाउँमा दर्शकलाई मजाले हसाउँछन् । शौचालयसँग सम्वन्धित धेरै हाँस्य दृष्य छन् । तर यसको दूर्भाग्य भनेको स्कृप्टमा कुनै नयाँपन छैन । रणबीर कपुर जस्तो चर्चित नायकको अगाडी फिल्मको कथा र पटकथा निरस लाग्छ ।

नायिका पनि जमिनन्

फिल्ममा केही बेतुकका दृष्य पनि छन् । जस्ले दर्शकलाई तालि बजाउन बाध्य पार्दैनन् । बबली र ताराको जोडी पनि त्यति रोमान्टिक छैन । युवा प्रेम कहानीको रुपमा बेशर्ममा लोकप्रीय संगीत जरुरी हुन्थ्यो तर, गीत सामान्य र नीरस छन् । ललीत पण्डीतको संगीत कमजोर छ । टाइटल गीत बाहेक अरु कै पनि गीत संगीतले दर्शकको मन जित्न मुस्कील छ । अभिनव सिंह कश्यपका निर्देशन पक्ष भने प्रशंसा योग्य छ ।

Pallavi-Sharda

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us