भेनेजुएलाबाट तीन अमेरिकी कुतनीतिज्ञ निस्कासित

काठमाण्डु टुडे २०७० असोज १५ गते ७:३२ मा प्रकाशित

काराकस –आफनो मुलुकको अर्थतन्त्रलाई आघात पुयाउने प्रयासमा संलग्न रहेको भन्दै भेनेजुएलाले तीन अमेरिकी कुटनीतिज्ञहरुलाई आप्नो देशबाट निस्कासित गरेको छ । उनीहरुलाई भेनेजुएलाबाट बाहिरिन ४८ घण्टाको समय दिईएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो स्वयंले उनीहरुलाई निस्कासित गरेको घोषणा गर्दै ‘याङ्की गो होम’ भन्दै आक्रोश पोखेका थिए । उत्तर अमेरिकीहरुलाई ‘यांकी’ भन्ने गरिन्छ । उत्तर अमेरिकाको सबै भन्दा ठुलो देश अमेरिका नै भएकोले यांकी भन्दा अमेरिकी नागरिक भन्ने बुझिन्छ । भेनेजुएलाको अर्थतन्त्रलाई धारासायी पार्ने उदेश्यले त्यहाँका उद्योगहरुलाई उत्पादन कम गराउन ती अमेरिकी कुटनीतिज्ञहरुले घुस दिएको प्रमाणित पाएपछि उनीहरुलाई निश्कासित गरिएको भेनेजुएलाले जनाएको छ ।
गत सप्टेम्बरकमा भेनेजुएलामा विद्युतको आपुर्तीमा घात पुयाउनमा समेत उनीहरुको हात रहेको प्रमाणित भएको भेनजुएलाका राष्ट्रपतिले जनाएका छन् । भेनेजुएलास्थिति अमेरिकी दुतावासले भने भेनेजुएलाको आरोपको खण्डन गरेको छ ।
अमेरिका र भेनजुएलमा सन् २०१० देखि नै एक अर्काको देशमा राजदुत छैनन् । भेनेजुएअलामा आवस्यक खाद्यान्न, चीनी, पिठो र ट्वाईलेट पेपरको अभाव भईरहेको छ । केहि दिन अघिमात्र आवश्यक मात्रामा ट्वाईलेट पेपर उत्पादन नगरेको भन्दै भेनेजुएला सरकारले देशभरी ट्वाईलेट पेपर उत्पादन उद्योगहरुमा छापा मारेको थियो र कतिपयलाई कारवाही पनि गरिएको थियो । पूर्व राष्ट्रपति ह्युगो चाभेजको समय देखि नै भेनेजुएला र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको छ ।
सन् २००२ मा अमेरिकाले भेनेजुएलाका तत्कालिन राष्ट्रपति चाभेजलाई अपदस्त गर्ने असफल प्रयास गरेको थियो । अपदस्त गरिएको ४८ घण्टापछि नाटकीय रुपमा चाभेज फेरी सत्तामा फर्किएका थिए । तेल निर्यातक राष्ट्र भेजुएलाले क्युवा लगायतका देशहरुलाई निकै कम मुल्यमा तेल आपुर्ति गर्ने गरेकोमा पनि अमेरिकाले आपत्ती जनाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us