
काठमाण्डु– अमेरिकाको न्यूयोर्कमा ओवेरियन क्यान्सरको सफल उपचारपछि फर्केका अभिनेत्री मनिषा कोइराला फेरि बिरामी भएकी छिन् । मनिषालाई कमलपित्त (जन्डिस) भएको बताइएको छ ।
न्यूयोर्कबाट उपचार गरेर केही समय मुम्बई बसेर नेपाल फर्किएकी मनिषाको कमलपित्तको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ । मनिषाले आफ्नो ट्विटरमा आफू फेरि अमेरिका जान लागेको लेखेकी छिन् । क्यान्सर सम्बन्धी उपचारको पुनः जाँच गर्नका लागि आउँदो नाबेम्बर २० तारिखका दिन अमेरिका जाने उनले बताएकी हुन् ।
मनिषाले यस समयमा आफू निकै दुःखी भएको उल्लेख गर्दै धेरै समय गीतहरु सुनेर बिताउने गरेकी बताएकी छिन् । यसो गर्दा उनलाई एक्लोपनको महसुस नहुने र मानिसहरुका अगाडि बसेको महसुस हुने उनले भनेकी छिन् ।