चिकित्सकको वाचापछि विश्वकै मोटो व्यक्तिमा आशा

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १३:४४ मा प्रकाशित

एक अमेरिकी शल्य चिकित्सकको मदत गर्ने वाचा पश्चात विश्वका सबैभन्दा मोटो व्यक्ति पाल मेसनको जिन्दगीप्रति फेरि आशा पलाएको छ । सन् २०१० मा मेसन चार सय ४४ किलोग्राम थिए भने उनी आफै हिँडडुल गर्न सक्दैन थिए ।

ग्यास्ट्रिक बाइपास सर्जरी गरेपछि उनको वजन एक सय ५२ किलो भयो तर, बढी मात्रामा उनको छाला झुल्लिए पछि उनी पुनः चिन्तामा परेका थिए । झुल्लिएको छालाका कारण उनले अहिले पनि सास्ती भोगिरहेका छन् ।

तर न्युयोर्कका एक चिकित्सक डा. जेनिफर काप्लाले पालको मदतमा आफ्नो समय दिने बताएपपछि उनमा फेरि आशा जागेको हो । बेलायतका पालले अमेरिका जाने र अस्पतालमा लाग्ने खर्चका जुटाउन प्रयास गरिरहेका छन् । उनले डा. कप्लाले सहयोग गर्ने कुरा न्युयोर्क टाइम्समा पढेका थिए ।

paul_nixon

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us