चकलेट खानुस् सेक्स क्षमता बढाउनुस्

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ५:२१ मा प्रकाशित

lust4काठमाण्डु । संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् । बिभिन्न यौन उत्तेजक औषधी पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ । अब भने यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने सेक्स क्षमता बढाउने ।

एक नयाँ अध्ययनबाट के पत्ता लागेको छ भने चकलेटले ‘सेक्स लाइफ’लाई मिठासपूर्ण बनाउँछ । अर्थात् चकलेट खाने पुरुषको सेक्स क्षमता पाँच गुणाले बढ्छ । यो कुरा बेल्जियमका बैज्ञानिकले पत्ता लगाएका हुन् । सेक्समा चकलेटको महत्व प्रमाणित गर्नकालागि ति बैज्ञानिकहरुलाई सात बर्ष लागेको थियो ।

चकलेट बनाउन प्रयोग हुने एन्टीअक्सीडेन्ट्सले रक्त प्रवाह राम्रो बनाउँछ । यसले रक्त प्रवाहलाई शरीरका सबै आवश्यक अंगमा पुर्याउँ छ । त्यसैले चकलेटले सेक्स उत्प्रेरकको रुपमा काम गर्ने बैज्ञानिकहरुको भनाइ छ । साथै चकलेटले मायाँ साटासाट गर्दा नयाँ ताजगी पैदा गर्छ ।

त्यसैले बैज्ञानिकहरु भन्छन्, ‘चकलेट खाने गर्नाले बेडरुममा तपाईंको सेक्स क्षमता दुई घण्टादेखि ६ घण्टासम्म बढ्छ ।’ –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us