विश्वसुन्दरी प्रतियोगिताको ताज फिलिपिन्सलाई

काठमाण्डु टुडे २०७० असोज १२ गते १४:२३ मा प्रकाशित

काठमाण्डु– फिलिपिन्सकी मेगन योङ यस वर्षको विश्व सुन्दरी घोषित भएकी छन् ।
shundariईन्डोनेसियाको बालीमा भएको अन्तिम प्रतिस्पर्धामा ५ फिट ८ ईन्च अग्ली २३ वर्षीया उनले शनिबार विश्व सुन्दरीको ताज पहिरिएकी हुन् । उनलाई पूर्वविश्व सुन्दरी चीनकी यू वेनजियाले ताज पहि¥याएकी हुन् । अमेरिकी मुलकी युवती उनी टिभी प्रस्तोता र फिल्मी कलाकारसमेत हुन् ।

आफू विजेता घोषित बनेपछि निकै नै भावुक बनेकी उनले आफू सबैभन्दा राम्रो विश्वसुन्दरी बन्ने दाबी गरिन्  । यस्तै फ्रान्सकी मारिन लोर्पेलिन फस्ट रनरअप र घानाकी ना ओकेले सुटर सेकेन्ड रनरअप भए । नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठ ब्युटी वीथ पर्पोज उपाधिसहित उत्कृष्ट १० भइन् । विश्वका १ सय ३० देशका सुन्दरी सहभागी प्रतियोगितामा उनी अन्तिम १० मा छनौट भएकी हुन् ।

यो स्तरको उपाधि पाउने उनी पहिलो नेपाली हुन् । मिस नेपाल भएपछि उनले जुम्लाका विकट गाउँहरुमा दाँत र मुखको उपचारसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेकी थिइन् । उनको यो अभियानमा सहयोग पुगोस भन्नका लागि प्रतियोगिताका आयोजकले उपाधिसहित उनलाई १० हजार अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us