विश्व सुन्दरी प्रतियोगिताबाट बाहिरिइन ईशानी

काठमाण्डु टुडे २०७० असोज १२ गते १३:३६ मा प्रकाशित

ishaniकाठमाण्डु, १२ असोज – नेपालबाट विश्व सुन्दरी प्रतियोगितामा प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठ उत्कृष्ट १० बाट बाहिरिएकी छन् ।
ईन्डोनेसियाको बालीमा जारी प्रतियोगिताको अन्तिम स्पर्धामा फ्रान्स, फिलिपिन्स, घाना, ब्राजिल र स्पेनका सुन्दरी छन् । विश्वका १ सय ३० देशका सुन्दरी सहभागी प्रतियोगितामा उनी अन्तिम १० मा छनौट भएकी थिइन् ।

विश्वका १ सय ३० प्रतिस्पर्धीलाई पाखा लगाउँदै उनले ब्युटी वीथ पर्पोज उपाधि जितेकी थिइन् । यो स्तरको उपाधि पाउने उनी पहिलो नेपाली हुन् । मिस नेपाल भएपछि उनले जुम्लाका विकट गाउँहरुमा दाँत र मुखको उपचारसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेकी थिइन् । उनको यो अभियानमा सहयोग पुगोस भन्नका लागि प्रतियोगिताका आयोजकले उपाधिसहित उनलाई १० हजार अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us