
काठमाण्डु, ११ असोज – मिस नेपाल इशानी श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा पहिलो उपाधि जितेकी छन् ।
७० प्रतिस्पर्धीलाई उछिन्दै उनले ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जितेकी हुन् । विश्व सुन्दरी प्रतियोगितामा सहभागी सुन्दरीमध्ये एक जनालाई सामाजिनक कामका आधारमा उक्त उपादि दिने गरिएको छ । उनले जुम्लामा दाातको स्वास्थ्य शिविर सञ्चालनका लागि ‘प्रोजेक्ट स्माइल’ चलाएकी थिइन् । मिस वल्र्ड डट कमका अनुसार उपाधि विजेता श्रेष्ठलाई प्रतियोगिताका आयोजकले उनको अभियानका लागि १० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।
अवार्ड जितेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत इशानीले नेपालका लागि विश्व सुन्दरी प्रतियोगिताबाट एउटा अवार्ड ल्याउन सफल भएकामा खुसी लागेको उल्लेख गरेकी छन् । विश्वसुन्दरी प्रतियोगिताको अन्तिम चरणका लागि छानिएकी उनले इन्डोनेशियाको बालीमा हुने फाइनलमा परम्परागत नेपाली नृत्य प्रस्तुत गर्नेछिन् ।