टिभि सो : जहाँ हुन्छ लाइभ सेक्स

काठमाण्डु टुडे २०७० असोज ११ गते ६:०६ मा प्रकाशित

coupleएक यस्तो टेलिभिजन कार्यक्रम आउँदैछ, जहाँ लाइभ सेक्स हुन्छ । यस टिभि शोमा दर्शक पनि हुनेछन् । एक जोडीले आवाज नसुनिने र अपारदर्शी बक्सभित्र सेक्स गर्नेछन् । र, उनीहरु दुवैजनासँग सेक्सको अनुभवमा केन्द्रित रहेर अन्तरवार्ता लिइने छ ।

‘सेक्स बक्स’ नामक यो टेलिभिजन शो नेपालमा होइन, व्रिटेनको च्यानल फोरमा प्रसारण हुने छ । व्रिटेनको च्यानल फोरले लामो समयदेखि सेक्ससँग सम्वन्धित कार्यक्रमहरु देखाउँदै आएको छ ।

निर्माताहरुले कार्यक्रमकालागि तीन जोडीलाई छनौट गरिसकेका छन् । पहिलो शो अक्टुबर ७ तारिकमा प्रसारण हुनेछ । टेलिभिजन सन्चालकका अनुसार यो कार्यक्रम रेकर्डेड हुनेछ र कुनै पनि प्रकारको अश्लीलता वा नग्नता देखाइने छैन । मेरिला फ्रोस्ट्रपले कार्यक्रम सन्चालन गर्नेछिन् । उनको साथमा यौनविज्ञको एक टोली पनि रहनेछ । यही टोलीले यौनक्रिडा गरेको जोडीसँग अन्तरवार्ता लिनेछ ।

कार्यक्रम सन्चालक फ्रोस्ट्रपले यो कार्यक्रमबाट व्रिटेनमा सेक्सको बारेमा एक परिपक्व धारणा बन्ने विश्वास लिएकी छन् । उनले सेक्सको परिभाषा पोर्नोग्राफी भन्दा अलग छ भन्ने पुष्टि गर्न आफूले यस्तो कार्यक्रम सन्चालन गर्न लागेको स्पष्ट पारेकी छन् ।

panel

फोटोः फिलिप हडसन, यौनविज्ञ ट्रेसी कॉक्स, डैन सैवेज र कार्यक्रम सन्चालक मेरिला फ्रोस्ट्रप

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us