नरेन्द्र मोदीको मोह पूर्वीय दर्शनमा

काठमाण्डु टुडे २०७० असोज १० गते ३:३७ मा प्रकाशित

bookपश्चिमी दर्शनको तुलनामा पुर्वी दर्शन कमजोर छ भन्ने आम बुझाइ छ । तर भारत सिलोङमा बस्ने नेपालीभाषी लेखक पत्रकार सलिल ज्ञवालीले आफ्नो लामो खोज अनुशन्धानपछि यो कुरा उल्टो पाए ।

पश्चिमा विश्व विख्यात विद्वानहरुले पुर्वीय सभ्यातका बारेमा बोलेका कुराहरु संग्रह गरेर उनले किताब निकाले ‘पुर्वीय सभ्यता: विश्व विश्वविख्यात विद्वानहरुको दृष्टीमा’ । सन् १९९८ देखिको खोज अनुशन्धानपछि सन् २००९ मा पहिलो पटक अंग्रेजीमा निस्केको सो पुस्तक हालसम्म भारतका विभिन्न नौ भाषमा अनुवाद भइसकेको छ । तीन वर्ष लगाएर प्रा.डा.गोविन्दराज भट्टराईले नेपालीमा अनुवाद गरेको सो पुस्तकको असोज ५ मा काठमाडौंमा विमोचन भयो । पुर्व राजदूत जयराज आचार्यले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा आइन्स्टाइन, कार्ल युङ, बर्नार्ड शा, रोम्या रोलाँ, फ्रितजोफ काप्रा, शिलर, स्रोडिङ्गर, हिगेल, ओपेनहाइमर, इमर्शन, एलिअट जस्ता विश्वका व्यक्तित्वहरूले पूर्वको अध्ययन गरी त्यसका बारेमा व्यक्त गरेका विचारहरु समेटिएका छन् । पुर्वीय दर्शन र यसको अतीत महान थियो भन्ने उनीहरुको धारणालाई पुस्तकमा राखिएको छ । ‘यो कृति पढ्दा भारतवर्ष वासीहरूको मनलाई आनन्द, गौरव र लज्जाले ढाक्तछ’ लेखक ज्ञवालीको भनाइ छ ।

अठारौँ शताब्दीमा वेदको प्रसंशा गर्ने फ्रान्सेली विद्वान् भोल्तेयर त्यसपछि जर्मन भाषामा गीताको अनुवाद गर्ने हर्डर अनि आर्य सभ्यतालाई अनुवादद्वारा विश्वमा फैलाउने सर विलियम जोन्सदेखि वर्तमानसम्मका विद्वानहरुका धारणाहरु पनि पुस्तकमा पढ्न पाइने ज्ञवालीले बताए ।

modiआफ्नो पुस्तक गुजराती भाषमा पनि उल्था भएको र चाडै नै भारतको आगामी प्रधानमन्त्रीका रुपमा प्रस्तावित तथा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले त्यसको विमोचन गर्ने ज्ञवालीले जानकारी दिए । पुस्तक विमोचन समारोहका वक्ताहरुले पुस्तकमा समेटिएका विषयहरुका सन्दर्भमा नेपालीभाषी रहेका विश्वका हरेक कुनामा सम्वाद र छलफल चलाउन सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us