खगोलशास्त्रीको ओलम्पिक वेइजिङमा शुरु

काठमाण्डु टुडे २०७० असोज ८ गते १:२५ मा प्रकाशित

बेइजिङ–अन्तराष्ट्रिय खगोलशास्त्रीहरुको पाँच दिने ६४ औ सम्मेलन सोमबारदेखि वेइजिङमा शुरु भएको छ । तीन हजार पाँच सय प्रतिनिधि भेला भएको सम्मेलनमा उनीहरुले अन्तरिक्षको बिकासलाई अघि सार्ने र मानव तथा समाजलाई लाभ पुरयाउने बिषयमा केन्द्रित रहेर ब्रह्माण्डको रहस्यलाई सँगसँगै अन्वेषण गर्ने आयोजकले जनाएका छन ।

अन्तराष्ट्रिय खगोल यात्रा सम्बन्धी सम्मेलनलाई अन्तरिक्ष क्षेत्रको ओलम्पिक भनिन्छ । हरेक बर्ष हुने सम्मेलन १७ बर्षपछि चीनमा भएकोहो । 
चिनियाँ उपराष्ट्रपति ली युआन छाउले सम्मेलन उदघाटन गर्दै मानव अन्तरिक्ष कार्यको बिकासमा बिकासमा चीनले यस क्षेत्रमा प्राप्त गरेको उपलब्धीका वारेमा समीक्षा गरे । चीनले अन्तरिक्षको आदान प्रदान र सहयोगलाई सबल पार्ने इच्छा लिएको व्यक्त गर्दै अन्तरिक्षको बिकास नै समस्त मानवलाई फाइदा हुनु पर्ने बताए । उनले भने ‘चीनले २६ वटा मुलुक तथा क्षेत्रसँग ७१ वटा अन्तरिक्ष सहयोग सन्धीमा हस्ताक्षर गरिसकेको छ । धेरै मुलुकलाई उपग्रह तथ्याङक अनुसार सेवा उपलब्ध गराएको छ । चीनले बिकासोन्मुख मुलुक लगायत संसारका बिभिन्न मुलुकसँग अन्तरिक्ष प्रविधि उपलब्ध गराउदै आर्थिक बिकासको अनुभवलाई प्रबद्र्धन गर्ने आशा लिएको छ । चीनले अन्तरिक्षमा सहभागी हुने,सहयोग तथा बिकास गर्ने सिद्धान्त अनुसार अन्तराष्ट्रिय अन्तरिक्षको आदान प्रदान तथा सहयोगलाई सवल पार्ने आशा पनि लिएको छ । त्यसैगरी अन्तरिक्ष बिकासको उपलब्धीले समस्त मानवलाई फाइदा पुरयाउँछ ।’
सो अवसरमा अन्तराष्ट्रिय खगोलशास्त्री संघका अध्यक्ष कियोशी हिगुचीले अन्तराष्ट्रिय खगोलशास्त्री संघको प्रतिनिधित्व गरेर चिनियाँ राष्ट्रिय अन्तराष्ट्रिय व्यूरोका प्रमुख माइ सिन री र यात्री एक नम्बर को प्रमुख प्राविधिक एडवार्ड सी स्टोनलाई छुट्टा छुट्टै रुपमा डी इमी स्मृति पुरस्कार र बिश्व अन्तरिक्ष पुरस्कार प्रदान गरेका छन । चिनिया राष्ट्रिय अन्तरिक्ष व्यूरो प्रमुख माइ सिन रीले अन्तरिक्ष कार्यको उपलब्धी नै चिनिया अन्तरिक्ष सम्बन्धी व्यक्तिहरुले संयुक्त रुपमा प्रयास गरेको बताए । उनले भने‘चिनिया अन्तरिक्ष कार्य र चिनियाँ अन्तरिक्ष प्रविधि तीब्र बिकास भइरहेको छ । भबिश्यमा चिनियाँ अन्तरिक्ष शक्ति तथा अन्तरिक्ष टोलीलेअन्तरिक्ष स्थानको शान्तिपूर्ण प्रयोगलाई अझ धेरै योगदान दिन सक्नेछ । संसारको अन्तरिक्ष क्षेत्रका व्यक्तिहरुसँग मिलेर अन्तरिक्ष स्थानको शान्तिपूर्ण प्रयोग गरी मानवलाई फाइदा पुरयाउने हाम्रो इच्छा छ ।’ सिआरआई

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us