सिनेमा घरमा वेश्यालय

काठमाण्डु टुडे २०७० असोज ७ गते ६:५४ मा प्रकाशित

prostitutionकाठमाण्डु – सिनेमा घर चलचित्र हेर्ने र मनोरन्जन लिने ठाउँ हुन् । तर, सबै सिनेमा हल त्यस्ता हुँदैनन् । कतिपय त बाहिर सिनेमा हल तर, भित्र वेश्यालयको रुपमा प्रयोग हुने गरेको खुलासा भएको छ । चलचित्र प्रदर्शन गरेर कमाइ नहुने भएपछि हल सन्चालकहरुले चलचित्र भवनलाई यौनक्रिडाको स्थल बनाएका हुन् ।

इटलीका जिनोआ शहरमा प्रहरीले एक सिनेमा हलमा छापा मार्यो । त्यहाँ वेश्यालयको जस्तै गतिविधि भैरहेको थियो । प्रहरीले हाल सो सिनेमा हल बन्द गराएको छ । जिनोआ शहरको व्रिग्नोले रेलवे स्टेशन नजिकको सेन्ट्राले थियटरमा वेश्यावृति हुने गरेको खुलासा भएको हो । त्यहाँ फिल्मको टिकट भन्दा कम पैसामा अनैतिक गतिविधि हुने गरेको थियो । प्रहरीले छापा मार्दा सिनेमा हलको सीटमा, ट्वाइलेटमा, रिसेप्सनमा र प्राजेक्शन रुममा महिला, पुरुष तथा समलिङ्गीहरु यौनक्रिडामा मस्त थिए ।

इटलीमा सन् १९५८ देखि वेश्यालय प्रतिबन्ध छ । फिल्म चलाएर व्यवसाय धान्न मुस्लिक परेपछि धेरैजसो सिनेमा हलहरु वेश्यालयको रुपमा प्रयोग भैरहेको अधिकारीहरुको भनाई छ । – एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us