स्वदेश फर्किइन मिसेज इन्टेलिजेन्स युनिभर्स २०१३ मिना

काठमाण्डु टुडे २०७० असोज ५ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, ५ असोज – केही समयअघि दक्षिण अमेरिकाको अरुवामा भएको ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी भई ‘मिसेस इन्टेलिजेन्ट’ विधाको अवार्ड जितेकी मिना घिमिरे meena with Mrs Universe Winnerएक महिनापछि स्वदेश फर्किएकी छन् ।
कार्यक्रम सकिएको भोलिपल्ट बजार घुम्न निस्कने क्रममा सडक दुर्घटनामा परेपछि उनी महिना दिनदेखि दक्षिण अमेरिकाकै अरुवास्थित होरासियो ओडुबर अस्पतालमा उपचाररत थिइन् । कार्यक्रम आयोजककै पहलमा उनको उपचार गरिएपछि एयर एम्बुलेन्सको मद्धतले उनलाई नेपाल ल्याइएको थियो । उनलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा संस्थाका अध्यक्ष सन्तोष सापकोटा र घिमिरेको परिवारले स्वागत गरेका थिए, विमानस्थलबाट सिधै उनलाई धापासी स्थित ग्राण्डी अस्पताल लागिएको छ केहि दिनको स्वास्थ अवस्था हेरी घर लगिने संस्थाका अध्यक्ष सापकोटाले बताएका छन ।
प्रतियोगितामा ४४ वर्षीया घिमिरेले ३० प्रतिष्पर्धीलाई उछिन्दै उत्कृष्ठ १० मा परी ‘मिसेज इन्टेलिजेन्स’को उपाधी हात पार्न सफल भएकी थिईन् । बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता तथा इभेन्ट व्यवस्थापन गर्दै आएको संस्था इप्लानेटले आयोजना गरेको ‘मिसेस नेपाल २०१३’मा ‘मिस कञ्जिनियालिटी’ विधाको अवार्ड जितेकी ४४ वर्षीया मिनाले दक्षिण अमेरिकामा भएको उक्त प्रतिष्पर्धामा भाग लिने अवसर पाएकी थिइन् ।
प्रतियोगितामा मिनाको लागि फेसन डिजाइनर विश्व गौतमले ड्रेस डिजाइन गरेका थिए । सामाजिक सेवा प्रति रुची राख्ने मिना रक्षा नेपालसँग आबद्ध छिन् । रक्षा नेपालले शारीरिक र यौन हिंसाबाट पीडित महिला तथा अनाथलाई सहारा दिँदै आएको छ । मिनाले केही समय अघि रक्षा नेपाललाई १० हजार रूपैंयाँ सहयोग गरेकी थिइन् भने उनले दुई बालबालिकालाई मासिक रुपमा पैसा तिर्ने गरी पढाइरहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us