के जवानी फर्काउन सम्भव छ ?

काठमाण्डु टुडे २०७० असोज २ गते ५:३३ मा प्रकाशित

Jawanकाठमाण्डु । भनिन्छ जवानी एकफेर आउँछ र कहिल्यै नफर्किने गरी जान्छ । तर अब यो लोकोक्ति गलत सावित हुनेछ । किनकी वैज्ञानिकहरुको प्रारम्भिक अनुसन्धानले फेरि जवान हुन सम्भव हुने सम्भावना बलियो बनाएको छ  ?

त्यसकोलागि अनुहारमा क्रिम दलेर जवान देखिने विज्ञापनको पछि लाग्नु पर्दैन । तर, तपाईंले केही व्यायाम भने अवश्य गर्नुपर्ने हुन्छ । वैज्ञानिहरुले जीवनशैलीमा परिवर्तन गर्न सके जवान देखिन सकिने निष्कर्ष निकालेका छन् । जस्तै : तनावबाट मुक्त हुने, खानपानमा सुधार गर्ने, हल्का व्यायाम गर्ने । यसो गर्दा हाम्रो शरिरमा रहेको टेलोमीयरको लम्बाई बढ्छ ।

na_telomere_chromosome

टेलोमीयर भनेको के हो ?
टेलोमीयर अर्थात क्रोमोजोम वा गुणसुत्रको सिरा हो जस्ले हामीलाई बूढाबुढी हुनबाट रोक्छ । टेलोमीयर डीएनको बिस्तार हो, जसले हाम्रो जीन कोडको रक्षा गर्दछ । टेलोमीयरलाई जुत्ताको तुनासँग तुलना गर्न सकिन्छ । यसले क्रोमोजोमलाई विग्रनबाट रोक्छ र जीनकोडलाई स्थीर राख्छ । कोशिकाहरु निष्कृय हुँदै गएपछि टेलोमीयर पनि छोटो हुँदै जान्छ र मानिसको मृत्यु हुन्छ ।

कसरी गरियो अनुसन्धान ?
क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले प्रोस्टेट क्यान्सरबाट पीडित १० जना पुरुषहरुमा अनुसन्धान गरेका थिए । शुरुमा उनीहरुमा रहेको टेलोमीयरको लम्बाई लिइयो । उनीहरुलाई जडीबुटी खुवाउने र व्यायाम गर्न लगाइयो तथा ध्यान र योग गरेर तनावबाट मुक्त गराइयो । अर्को तिर २५ जना व्यक्तिलाई कुनै प्रकारको जडीबुटी खान, ब्यायाम गर्न, ध्यान र योग गर्न भनिएको थिएन । त्यसको पाँच बर्षपछि ति दुई समूहका व्यक्तिहरुको टेलोमीयरको लम्बाई लिइयो । यसमा के पत्ता लाग्यो भने जीवनशैली सुधार गरेकाहरुको टेलोमीयरको लम्बाई १० प्रतिशत बढेको थियो । तर, जडीबुटी खान, ब्यायाम गर्न, ध्यान र योग गर्न नभनिएकाहरुको टेलोमीयरको लम्बाई तीन गुणा छोटो भैसकेको थियो ।

त्यसैले वैज्ञानिकहरु भन्छन्, नियमित व्यायाम गर्नुस्, चिल्लो, मसालेदार खान कम खानुस् र तनावबाट मुक्त हुनुस् । यसो गर्दा तपाईंको जवानी हत्तपत्त जाँदैन । आयु पनि बढ्छ । –वीवीसी हिन्दीको अनलाइन संस्करणको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us